छापा खबर


बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्छ : डा.भगवान कोइराला

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्छ : डा.भगवान कोइराला

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार २:४३,

नेपाल मेडिकल काउन्सिलका नवनियुक्त अध्यक्ष डा.भगवान कोइरालाले बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने बताएका छन्।

१७ कात्तिकमा काउन्सिलको अध्यक्षमा नियुक्त टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ कोइरालाको अन्तर्वार्ता आज प्रकाशित हिमाल साप्ताहिकले छापेको छ।

काउन्सिलको नेतृत्वमा आएपछि तपाईंका योजना के के छन्?
काउन्सिलको काम चिकित्सा पेशलाई मर्यादित र व्यवस्थित बनाउने हो। यही अजेण्डामै केन्द्रित हुनेछु।

पछिल्लो समय चिकित्सकीय गैरआचरणका घटना बढिरहेका छन्, यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ?
स्वास्थ्य सेवामा पेशागत गैरआचारणयुक्त र गैरकानुनी अभ्यासका घटनाहरु छन्। यसलाई नियन्त्रण गर्न काउन्सिलले कारबाही प्रक्रिया अघि बढाउने छ।

मेडिकल कलेजहरुमा देखिएको शुल्क विवादको समस्या कसरी समाधान गर्न सकिएला?
काउन्सिलको दायरा पहिलेभन्दा धेरै साँघुरिएरको छ। शुल्क लगायतको विषय हेर्ने जिम्मेबारी चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयहरुको हो।

मेडिकल कलेजले विद्यार्थीबाट बढी शुल्क असुलेको विषयमा विश्वविद्यालयले कारबाही गर्नुपर्छ।

बढी शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई डीनले सम्बन्धन खारेज गर्न पहल गर्नुपर्छ।

बढी शुल्क असुल्नु घूसखोरी जस्तै हो। त्यसैले घूस लिने व्यक्तिमाथि जसरी कारबाही हुन्छ, कलेज सञ्चालकलाई पनि त्यस्तै कारबाही गर्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad