समाज


बसको ठक्करबाट कैलालीमा दुईको मृत्यु

बसको ठक्करबाट कैलालीमा दुईको मृत्यु

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १५:३०,

कैलालीको पहलमानपुरमा बसको ठक्करबाट मृत्यु हुनेको संखया दुई पुगेको छ। आज साँझ महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको भे१ख १७३२ नंको यात्रुवाहक बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से३प ६३७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए।

बसले मोटरसाइकललाई ठक्कर दिँदा घोडाघोडी–१० पहलमानपुरका रामबहादुर चौधरीको घटनास्थलमै र सोही ठाउँका मानबहादुर चौधरीको प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि विरोधमा आफन्तले शव नउठाइ राजमार्ग अवरुद्ध पारेका छन्। राजमार्गमा टायर बालेर घटनाको विरोध गर्दै राजमार्ग अवरुद्ध छ।

राजमार्गमा भएको शव नउठाउँदा राजमार्ग अवरुद्ध भई छोटो तथा लामो दूरीका कुनै पनि सवारी साधन नचलेपछि यात्रु अलपत्र परेका छन्। बस चालक बाँकेका ३२ वर्षीय डिल्लीबहादुर योगीलाई इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक हरिशरण भट्टले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad