झापाको बुद्ध शान्ति गाउँपालिका-४ मा हात्ती धपाउन राखिएको बिजुलीको पासोमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ।
ज्यान जानेमा सोही ठाउँका १८ वर्षीय अभिनाश राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका-५ घर भई बुद्ध शान्ति गाउँपालिका-४ स्थित पेरिस राईको घरमा पाहुना आएका वर्ष ३८ का मणिराम राई छन्।
स्थानीय नवज्योति सामुदायिक वनभित्र रहेको पानी खोल्सामा स्थानीयले हात्ती धपाउन पासो थापेका थिए।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
3
Shares
प्रतिक्रिया