ad ad

समाज


महराविरुद्धको थुनछेक बहस आज

महराविरुद्धको थुनछेक बहस आज

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ३:२६,

आफ्नै कर्मचारीमाथि यौन दुव्र्यवहारको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आज (आइतबार) थुनछेक बहस हुँदैछ।

बहसमा पीडितका तर्फबाट सरकारी वकिलले र प्रतिवादीका तर्फबाट निजी कानुन व्यवसायीले बहस गर्नेछन्।

महराविरुद्ध अभियोजनकर्ता जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको अभियोगपत्र दर्ता गरेसँगै यस विषयले अदालतमा प्रवेश पाइसकेको छ।

बहसपछि अभियुक्तलाई पुर्पक्षमा राख्ने, धरौटी वा साधारण तारेखमा छोड्दै मुद्दाको पुर्पक्ष गर्ने भन्ने निर्णय न्यायाधीशले गर्नेछन्।

महराविरुद्ध प्रहरीले पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप दुई वर्ष गरी सात वर्ष कैद सजाय माग गरेको छ।

प्रहरी प्रतिवेदनले जबरजस्ती करणी उद्योगको कसूर प्रमाणित गर्ने विभिन्न प्रमाणहरूसमेत फेला पारी पेस गरेको जनाइएको छ। महराले बलात्कार अभियोगमा इन्कारी बयान दिँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .