ad ad

समाज


प्रदेश २ मा आज सार्वजनिक बिदा

प्रदेश २ मा आज सार्वजनिक बिदा

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ४:३,

छठपर्वको अवसरमा आज (आइतबार) प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको छ।

नेपाल सरकारले छठपर्वको दिन सार्वजनिक बिदा दिँदै आए पनि यस वर्ष छठपर्वको मुख्य दिन शनिबार परेको थियो।

आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ समापन भएको छ। तर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि रातभर जाग्राम बसेका ब्रतालुको सुविधाको लागि आइतबार सार्वजनिक बिदा दिइएको प्रदेश सरकारले जनाएको छ।

यसैबीच पश्चिम नवलपरासीका तीन स्थानीय तहले पनि आइतबार सार्वजनिक बिदा दिएका छन्। जिल्लाको रामग्राम नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाले आज स्थानीय बिदा दिने निर्णय गरेका हुन्।

३६ घण्टा व्रत बसेका व्रतालुलाई एक दिन आरामका लागि बिदा गरिएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए।

स्थानीय तहले बिदा दिन पाउने अधिकारलाई प्रयोग गर्दै तराईवासीले उत्साहका साथ मनाउने छठपर्वका अवसरमा एक दिन बिदा दिइएको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .