लागुऔषध मुद्दामा हिरासतमा रहेका आर्यन खान २७ दिनपछि आज (शनिबार) रिहा भएका छन्। आर्यन बलिउड अभिनेता शाहरुख खानका छोरा हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अदालतको आदेशमा धरौटीमा उनी अघि बिहान ११ बजे आर्थर रोड जेलबाट मुक्त भएका हुन्।
यो पनि : २७ दिनपछि आज भए शाहरुख खानका छोरा आर्यन हिरासतबाट मुक्त
अदालतले गत बिहीबार साँझ आर्यनसँगै अरबाज मर्चेन्ट र मुमुन धमेचालाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको हो।
तर त्यस क्रममा अदालतले अभियुक्तलाई १४ सर्त पालना गर्न भनेको छ, अन्यथा धरौटी आदेश रद्द हुनेछ।
यी हुन् १४ सर्त
१. हरेक अभियुक्तले १ लाख रुपैयाँ बराबरको धरौटी दिनुपर्ने
२. अभियुक्त यस प्रकार (लागु औषध) को अपराध नदोहोर्याउन सजग हुनुपर्ने
३. अभियुक्तले कुनै पनि सहअभियुक्तसँग सम्पर्क गर्न नपाउने , साथै यो मुद्दामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न कसैसँग कुनै पनि प्रकारका सम्पर्क राख्न नपाइने।
४. यो मुद्दा जबसम्म लागुऔषधसम्बन्धी मुद्दा हेर्ने विशेष अदालतमा रहन्छ, तबसम्म अभियुक्तले मुद्दामा असर पर्ने क्रियाकलाप गर्न नपाइने
५. सबै अभियुक्तले विशेष अदालतमा राहदानी बुझाउनुपर्नेछ।
६.. अभियुक्तले सीधा अथवा कसैको सहयोगमा साक्षी र प्रमाण नष्ट पार्न पाउने छैन।
७. अभियुक्तले यो मुद्दाबारे टेलिभिजन, पत्रिका वा सामाजिक सञ्जाल कतै पनि कुनै अभिव्यक्ति दिन नपाउने।
८. लागुऔषधसम्बन्धी मुद्दा हेर्ने विशेष अदालत एनडीपीएसका विशेष न्यायाधीशको अनुमतिबिना अभियुक्त देश बाहिर जान नपाउने।
९. मुम्बईभन्दा बाहिर जान अभियुक्तले सम्बन्धित अधिकारीलाई पहिले जानकारी गराउनपर्ने
१०. अभियुक्त हरेक शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजे एनसीबी (लागुऔषध घटना अनुसन्धान गर्ने भारतीय निकाय) मा हाजिर हुनपर्ने
११. अति आवश्यक अवस्थाबाहेक अभियुक्त अदालतमा हरेक तारिखमा उपस्थित हुनपर्ने।
१२. मुद्दाको सुनुवाइ सुरु भएपछि कुनै बहानामा अभियुक्तले ढिलाइ गर्न नपाउने।
१३. एनसीबीले अनुसन्धानका लागि बोलाएका बेला अनिवार्य उपस्थित हुनुपर्ने
१४. उल्लिखित सर्त उल्लंघन भए धरौटी रद्द हुनेछ।
Shares

प्रतिक्रिया