समाज


पहिरोमा पुरिएर डडेलधुरा र कालिकोटमा २ जनाको मृत्यु

पहिरोमा पुरिएर डडेलधुरा र कालिकोटमा २ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०७८ मंगलबार ११:५४, काठमाडौँ

पहिरोमा पुरिएर डडेलधुरा र कालिकोटमा दुई जनाको मृत्यु भएको छ। डडेलधुराको गन्यापधुरा गाउँपालिका १ भात्काडामा ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो। 

सोमबार राति पहिरो जाँदा सन्ध्या फेन्सी स्टोरमा च्यापिएर विष्णुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पहिरो जाँदा पसलभित्र बिष्णु च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुरा र प्रहरी चौकी भात्काडाबाट खटिएको प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो। 

यस्तै कालिकोटको महाबै गाउँपालिका ७ राम्नीका बिष्णुलाल अधिकारीको घर अविरल वर्षाको कारण मंगलबार बिहान भत्किँदा उनकी छोरी १८ वर्षीया स्मृती अधिकारीको घरभित्र पुरिएर मृत्यु भएको छ। विष्णुकी १५ वर्षीया छोरी पहिरोमा पुरिएर सामान्य घाइते भएकी छन्।

बझाङ, बित्थडचिर गाउँपालिका २ पैरास्थित जयपृथ्वी राजमार्गमा सोमबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ। प्रहरीले सडक खुलाउन पहल गरिरहेको जनाएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ओदाली र दोधारा चादनी नगरपालिका १० कुतीया कभर, शान्तीटोल, बैदीफाटा र निशानीटोलमा अविरल बर्षा कारणले महाकाली नदीमा पानीको सतह बढ्दा करिब २ सय घर डुबानमा परेका छन्। 

इलाका प्रहरी कार्यालय गड्डा चौकी र इलाका प्रहरी कार्यालय दोधाराबाटखटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad