दीपावली गर्ने क्रममा करेन्ट लागेर महोत्तरीमा एक किशोरको मृत्यु भएको छ।
महोत्तरी प्रहरीका अनुसार लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा जिल्लाको रामगोपालपुर नगरपालिका-८ टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषाको जनकपुर उपमहानगरपालिका–२१ का १५ वर्षीय खगेन्द्र साहको मृत्यु भएको हो।
टिकुलिया बजारस्थित जयमहाराजा ज्वेलर्स (सुनचाँदी पसल) मा झिलीमिली बत्ती जडान गर्ने क्रममा उनको मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
उक्त बत्ती जडान गर्ने क्रममा मुख्यपोलको तारबाट प्रवाह भएको विद्युतीय झट्काले साहको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले परीक्षणका लागि शव जनकपुर अञ्चल अस्पतालमा पठाएको छ।

प्रतिक्रिया