समाज


भारतमा दाजुभाइसहित तीन नेपालीकाे हत्या

भारतमा दाजुभाइसहित तीन नेपालीकाे हत्या

नेपालखबर
कात्तिक ११, २०७६ सोमबार २:१५,

भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएको छ।

कात्तिक ८ गते नै उनीहरूको हत्या भए पनि आइतबार मात्रै जानकारी भएको हो।

बैतडीको पुरचौंडी नगरपालिका-५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका-४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए। 

जिल्ला समन्वय समितिका उपप्रमुख बोहराले राससलाई भने, ‘उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ।’

उनीहरू भारतको पिथौरगढको सिलौल मड भन्ने ठाउँमा डेढ वर्षदेखि मजदुरी गरिरहेका थिए।

हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशंका गरिएको उपप्रमुख बोहराले बताए। हरे र बीरा सहदोर भाइ हुन्।

बीरा केही महिनाअघि मात्रै दाजुभाउजू भेट्न पिथौरागढ गएका थिए र उनी पनि उतै मजदुरी गर्न थालेका थिए। 

हत्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन। शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू बसेको घर गाउँभन्दा केही टाढा जंगलमा पर्छ। स्थानीयले प्रहरीलाई दिएको जानकारीअनुसार केही व्यक्ति जिप चढेर उनीहरू बसेको घरमा गत शुक्रबार आएका थिए।

अलमोडाबाट घटनास्थलमा आएको फरेन्सिक जाँच टोली फिंगर प्रिन्टलगायत नमुना संकलन गरेर फर्किएको बताइएको छ।

भारतीय प्रहरीले हत्याको अनुसन्धान गर्न तीनवटा टिम गठन गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad