समाज


तिहारमा मौसम : ‘पानी पर्दैन तर छ्याङ्ग पनि हुँदैन’

तिहारमा मौसम : ‘पानी पर्दैन तर छ्याङ्ग पनि हुँदैन’

नेपालखबर
कात्तिक ११, २०७६ सोमबार १:३१,

आज (सोमबार) देशैभर मौसम बदली भएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले (सोमबार बिहान) प्रदेश १, २, ३, ४ र ५ का क्षेत्रमा मौसम सामान्य बदली छ भने प्रदेश ६ र ७ मा आंशिक बदली छ।

दिउँसो देशका पूर्वी र मध्य क्षेत्रमा मौसम आंशिकदेखि सामान्यसम्म तथा पश्चिमी भेगमा आंशिक बदली रहने उनले जानकारी दिइन्।

‘तर आज कतै पानी पर्ने सम्भावना छैन,’ मौसमविद् बासीले नेपालखबरसँग भनिन्।

भोलि भाइटीकका दिन पनि मौसम छ्याङ्ग उघ्रिने सम्भावना नरहेको उनले जानकारी दिइन्।

‘भोलि पनि कतै वर्षाको खासै सम्भावना छैन,’ उनले भनिन्, ‘तर मौसम पूरै खुल्ने सम्भावना पनि देखिन्न, कहिले घाम कहिले बादल भइरहने देखिन्छ।’

अरब सागरमा चक्रवात, नेपालमा असर पार्दैन
मौसमविद् राजु प्रधानांगका अनुसार अरब सागरको उत्तर-पूर्वी भागमा अहिले ‘क्यार’ नामक चक्रवात अवस्थित छ र यो उत्तर-पश्चिमी दिशातर्फ (ओमन तर्फ) बढिरहेको देखिन्छ। तर यस प्रणालीको प्रभाव नेपालमा पर्ने सम्भावना छैन ।

बंगलादेश तथा भारतको पश्चिम बंगालआसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीका कारण नेपालमा मौसम बदली भइरहेको माैसमविद्काे भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad