वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौंको गौशालामा अफिस रहेको नेपाल लाइफ रिक्रुमेन्ट एजेन्सी प्रालिका सञ्चालक शंकर लामा रहेका छन्।
लामाले काभ्रेको बेथानचोक गाउँपालिका–६ बस्ने आशिष खत्रीलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै चार लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी लामालाई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं पठाएको छ।
198
Shares

प्रतिक्रिया