नेपाल प्रहरीका पूर्व महानिरीक्षक हेमबहादुर सिंहको निधन भएको छ।
फोक्सोको समस्याबाट ग्रस्त ८८ वर्षीय सिंहको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ।
सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म गरी करिब ४ वर्ष नेपाल प्रहरीको नेतृत्व सम्हालेका थिए।
प्रतिक्रिया