ad ad

कारोबार


गैरआवासीय नेपाली संघ र उद्योग परिसंघले सहकार्य गर्ने

गैरआवासीय नेपाली संघ र उद्योग परिसंघले सहकार्य गर्ने

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार १५:५०,

गैरआवासीय नेपाली संघ र र नेपाल उद्योग परिसंघले एक आपसमा सहकार्य गर्ने भएका छन्। दुवै संस्थाका पदाधिकारीबीच आज भएको छलफलपछि उक्त समझदारी भएको हो।

छलफल विशेषगरी नेपालमा लगानी प्रवद्र्धन, विदेशबाट ज्ञान सीप प्रविधि हस्तान्तरण र गैरआवासीय नेपालीलाई नेपालको आर्थिक विकासमा सहभागी बनाउने बारे केन्द्रित रहेको गैरअवासीय नेपाली संघले जानकारी दिएको छ।

छलफलमा नेपाल उद्योग परिसंघका तर्फबाट संयुक्त सहकार्यको विषयमा गैरआवासीय नेपाली संघसँग साझा कार्यसूची बनाएर अगाडि बढ्ने र एक अर्काको चासोलाई सम्बोधन गर्ने विषय समावेश गरिएको थियो। बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल उद्योग परिसंघसँग मिलेर काम गर्न र परिणाम देखाउन आफु इच्छुक भएको बताएका थिए।

सो अवसरमा दुई संस्थाबीच सहकार्य गर्ने सम्बन्धमा एक सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ। सहमतिपत्रमा गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष कुमार पन्त र नेपाल उद्योग परिसंघको तर्फबाट अध्यक्ष सतिशकुमार मोरले हस्ताक्षर गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .