प्रधानमन्त्री निवास बालुवाटारअघि प्रदर्शन गर्न पुगेका शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले प्रदर्शनमा पुगेका अनुमानित डेढ सय शिक्षकहरूलाई नियन्त्रणमा लिएको हो।
महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेसालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामुहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्द्वपीडित शिक्षकहरूको समस्या समाधान गरिनुपर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलव, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्च मावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिष्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न माग राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ।
Shares

प्रतिक्रिया