राजनीति


शेखर कोइरालाको अडान : नियमित अधिवेशनमा जानुको विकल्प छैन

शेखर कोइरालाको अडान : नियमित अधिवेशनमा जानुको विकल्प छैन

नेपालखबर
साउन २९, २०७८ शुक्रबार १४:५५, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन इतर समूहकै नेताहरुले विशेष महाधिवेशन माग गरिरहेका बेला नेता डा. शेखर कोइरालाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका छन्। 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका हुन्। 

नेता कोइरालाले पार्टीका जिम्मेवार नेताहरुबाटै वर्तमान कार्यसमितिलाई नै म्याद थप गरेर अझै डेढ-दुई वर्ष लम्ब्याउने कुरा सुनिएको भन्दै विशेष महाधिवेशन र म्याद थप स्वीकार्य नहुने स्पष्ट पारे। 

‘अहिले केही पदाधिकारी एवं जिम्मेवार नेताहरुबाट विषेश महाधिवेशन अथवा यही कार्यसमितिलाई डेढ दुई वर्ष समय थप्ने कुरा सुनिदैछ। कोही केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन्,’ कोइरालाले भने, ‘पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन। विषेश महाधिवेशन र म्याद थप्ने कुरा मान्य हुँदैन।’ 

क्रियाशील सदस्यताको समस्या समाधान नभइ महाधिवेशन हुन नसक्ने उनको तर्क थियो। क्रियाशील सदस्यताको समस्या समाधान गरेर दुई महिनाभित्र महाधिवेशन गर्नुपर्नेमा उनले जोड दिए। 

‘हामीले पटक-पटक कार्यतालिका बनायौं। तर, क्रियाशीलको विवादले कार्यतालिका प्रभावित भयो', उनले भने, 'यो पटक त्यस्तो नहोस्। क्रियाशील सदस्यता विवाद टुंगयाएर डेढ-दुई महिनाभित्र महाधिवेशन गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad