राजनीति


यस्ता छन् माधव पक्षीय केन्द्रीय कमिटी बैठकका एजेण्डा

यस्ता छन् माधव पक्षीय केन्द्रीय कमिटी बैठकका एजेण्डा

नेपालखबर
साउन २१, २०७८ बिहिबार १२:५४, काठमाडौँ

बुधबार बस्ने गरी तय भएको एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सबै नेता राजधानीमा उपलब्ध नभएपछि आज बस्दैछ। माधव पक्षीय केन्द्रीय कमिटी बैठक केही बेरमा राजधानीको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बस्न लागेको हो। 

उक्त बैठकअघि माधव पक्षीय स्थायी  कमिटी पनि बस्दैछ। उक्त बैठकले पनि केन्द्रीय कमिटीका एजेन्डा तय गर्ने भएको छ। माधव पक्षीय सांसद मेटमणि चौधरीका अनुसार आजको केन्द्रीय कमिटी बैठकमा धेरै एजेन्डा छैनन्।

उनका अनुसार आजको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने विषय प्रमुख एजेन्डाका रुपमा छैन। बैठकमा खास गरी एमालेलाई कसरी अघि बढाउने भन्नेबारे कुरा हुने उनले बताएका छन्। 

त्यसैगरी यो बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षसँग एकताका लागि भइरहेको पहल र वार्ताबारेमा विघटित कार्यदलका एकजना सदस्यले केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ गर्नेछन्। 

बैठकको सुरुमा एमालेमा देखिएको विवाद, एकता प्रयास, गठबन्धन सरकारमा सहभागिता र आफ्नो समूहको भावी योजनाबारेमा केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ गर्नेछन्। 

त्यसपछि कार्यदल सदस्यको तर्फबाट एकताका लागि भइरहेको पहल र प्रगतिबारे कुरा राखेपछि केन्द्रीय सदस्यहरुका लागि फ्लोर ओपन गरिनेछ। आजको बैठकमा केन्द्रीय सदस्यहरुले दिने सुझावका आधारमा माधव पक्षले सम्भावित रणनीति तय गर्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad