खातामा पर्याप्त रकम नभएको जान्दा जान्दै चेक दिएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं जिल्ला बूढानीलकण्ठ नगरपालिका–४ हात्तिगौडा निवासी ४५ वर्षीया निता भण्डारीलाई पक्राउ गरेको हो।
भण्डारीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी मुक्तिनाथ विकास बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको प्रहरीले जनाएको छ।
उनलाई उच्च अदालत पाटनबाट गत वैशाख ६ गते बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा १० लाख जरिवाना र चार दिन कैद सजाय हुने फैसला भएको थियो।
पक्राउ परेकी नितालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।
942
Shares
प्रतिक्रिया