अहिले (बुधबार बिहान) पहाडी भेगमा मौसम आंशिक बदली र देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद्का अुनसार अपराह्नपछि पहाडी क्षेत्रका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना छ। बाँकी स्थानमा भने मौसम सामान्यतया सफा नै रहने मौसमविद्को भनाइ छ।
राति भने कतै पानी पर्ने सम्भावना छैन। पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी अन्य क्षेत्रमा मौसम सामान्यया सफा रहने मौसमविद्ले बताएका छन्।
महाशाखाका अनुसार अहिले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
गत जुन २० मा नेपाल भित्रिएको मनसुन यही अक्टोबर १२ अर्थात् असोज २५ गते बाहिरिएको हो।
भर्खरै मनसुन सकिएको चालु मौसम सबैभन्दा राम्रो मौसम मानिने मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अबको दुई महिनालाई ‘पोस्ट मनसुन’ भनिन्छ।
यस अवधिमा न जाडो न गर्मी, ठिक्कको मौसम हुने भएकाले यसलाई घुम्नका लागि उपयुक्त मौसम मानिने उनको भनाइ छ।

प्रतिक्रिया