छापा खबर


महराले जिल्ला अदालतमा भने : अभियुक्तले पनि के गिलासमा पानी खानु?

महराले जिल्ला अदालतमा भने : अभियुक्तले पनि के गिलासमा पानी खानु?

नेपालखबर
असोज २९, २०७६ बुधबार १:४४,

पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदा केही हास्य दृश्य देखिएको थियो।

मंगलबार अपराह्न जिल्ला अदालत काठमाडौं पुर्याइएका महराको बयानपछि म्याद थप गर्न न्यायाधीश दीपककुमार दाहालको इजलास तोकिएको थियो।

इजलास अधिकृतले म्याद थपसम्बन्धी फाइल न्यायाधीश दाहालको च्याम्बरमा पुर्याएका थिए। बयानपछि पूर्वसभामुख महरालाई इजलासनजिकै रहेको स्रेस्तेदारको कोठामा केहीबेर राखिएको थियो।

स्रेस्तेदारको कोठामा पुग्नुभएका महराले जिल्ला अदालतमा लागेको भीड देखेर अचम्म मानेका थिए।

उनले सँगै रहेका आफ्ना सहयोगी, कानुन व्यवसायी, सरकारी वकिल र सुरक्षाकर्मीलाई प्रश्न गरेका थिए- ‘हैन यहाँ दैनिक यति धेरै मानिस मुद्दाका लागि नै आएका हुन् त?’

उनीसँग नजिकै रहेकाहरूले यहाँ दैनिक हजारौंको संख्यामा मुद्दा मामिलाका लागि नै आउने गरेको जानकारी गराएका थिए।

आदेश आउन समय लागेपछि उनीसँगै रहेका सरकारी कर्मचारीले चिया खाने सर भनेर उनलाई सोध्दा उनले आफूले कहिल्यै चिया पिउने नगरेको जानकारी गराउँदै ‘बरु पानी छ भने खाऊँ न’ भनेर आग्रह गरेका थिए।

कार्यालय सहयोगीले तुरुन्तै महराका लागि बोतलमा पानी ल्याएका थिए।

ती कार्यालय सहयोगीलाई नजिकै रहेका एक अधिकृतले गिलास ल्याउन आग्रह गर्नासाथ महराले ती अधिकृतलाई भने, ‘अभियुक्तले पनि के गिलासमा पानी खानु?’ उनले ‘पर्दैन बोतलबाटै खान्छु’ भनेर बोतलबाटै पानी खाएका थिए। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ।

उनले पानी पिएको केही क्षणमा नै अदालतले ३ दिन म्याद थप गरेको पत्र थमाएपछि उहाँ नर्भिक अस्पतलतर्फ प्रस्थान गरेका थिए।

मंगलबारको म्याद थपका लागि महराको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठसहित ४ जना र सरकारका तर्फबाट एक जना सरकारी वकिलले बहस गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad