सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज (बुधबार) चियापान कार्यक्रम गर्दैछ।
बडा दसैँ, तिहार, नेपाल संवत्-११४०, छठलगायत नेपालीका विभिन्न चाडपर्वको अवसरमा नेकपाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो।
चियापान कार्यक्रमका लागि अतिथिलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नामबाट निमन्त्रणापत्र पठाइएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए।
भृकुटी मण्डपमा हुने चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि तीन बजेसम्म चल्नेछ।
चियापान कार्यक्रममा सहभागी हुन १ लाख जनालाई नेकपाले निम्ता गरेको छ।

चियापानमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, कुटनीतिक नियोग, उद्योगी व्यवसायी, कलाकार, संवैधानिक अंग, राष्ट्रसेवक र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई निम्ता गरिएको नेकपाले जनाएको छ।
तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारीले थालेको शुभकामना तथा चियापान कार्यक्रमलाई नेकपाले निरन्तरता दिएको हो।
यस अघि २६ असोजमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो।

प्रतिक्रिया