समाज


सशस्त्रको डीआईजी बढुवाका लागि धौवजी र न्यौपाने सिफारिस

सशस्त्रको डीआईजी बढुवाका लागि धौवजी र न्यौपाने सिफारिस

नेपालखबर
असार २२, २०७८ मंगलबार १४:४५,

सशस्त्र प्रहरीको बढुवा समितिले रिक्त दुई डीआईजीमा बढुवाका लागि दुई जना एसएसपीको नाम सिफारिस गरेको छ। 

एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस गरिएको हो।

बढुवा समितिको मंगलबार बसेको बैठकले सिफारिसको निर्णय गर्दै बढुवाउपर कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा दिन बढुवा समितिका सदस्य सचिव सशस्त्रका एआईजी रामशरण पौडेलले सूचना जारी गरेका छन्।

यसअघि बढुवाका लागि तीन दिनभित्रमा आवेदन दिन भनिएको थियो। 

नेपाल प्रहरीको प्राविधिक सईबाट सशस्त्रमा प्रवेश गरेका उनीहरु नै वरीयतामा पनि अगाडि थिए। 

सशस्त्र प्रवेश गरेसँगै उनीहरु गैरप्राविधिक बनेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad