राजनीति


सुजिता हत्या प्रकरणको निष्पक्ष छानविन गर्न अखिल क्रान्तिकारीको माग

सुजिता हत्या प्रकरणको निष्पक्ष छानविन गर्न अखिल क्रान्तिकारीको माग

नेपालखबर
असार २२, २०७८ मंगलबार १४:४३,

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले चितवनकी छात्रा सुजिता भण्डारी हत्या प्रकरणको निष्पक्ष छानविन गर्न माग गरेको छ।

अध्यक्ष हरिकृष्ण गजुरेलले मंगलबार विज्ञप्ति प्रकाशित गरी सो घटनामा नेपाल सरकार र सम्बन्धित निकायको गैरजिम्मेवारीपन देखिएको आरोप लगाएका छन्।

घटनाको सत्य-तथ्य छानविन गरी छिटोभन्दा छिटो दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्न क्रान्तिकारीले माग गरेको छ। 

यस्तै, क्रान्तिकारीले निजी शैक्षिक संस्थाहरुले मनोमानी ढङ्गले दिन–प्रतिदिन शुल्क बढाउने काम गरिरहेको तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण हाबी हुँदै गइरहेको भन्दै विरोध गरेको छ। 

शिक्षा र स्वास्थ्य क्षेत्रमा माफियाहरुको हालीमुहाली बढ्दै गइरहेको भन्दै क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली नै माफिया र दलालहरुको नाइके बनेको आरोप लगाएको छ।

क्रान्तिकारीले यही असार २१ गते काठमाडौंको तिलगङ्गास्थित प्यारागन स्कुलमा मनपरी ढङ्गले शुल्क वृद्धि गरेको विषयलाई लिएर छलफलका लागि पुगेका अभिभावकहरुमाथि स्कुल प्रशासनले आक्रमण गरेको र सञ्चारकर्मीहरुलाई समेत दुर्व्यवहार र क्यामेरा तोडफोड गरेको घटनाप्रति निन्दा गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad