ad ad

समाज


सरकारको आकलन: साउनमा कोरोना महामारी उत्कर्षमा पुग्ने, बाढीपहिरो पनि व्यापक हुने

सरकारको आकलन: साउनमा कोरोना महामारी उत्कर्षमा पुग्ने, बाढीपहिरो पनि व्यापक हुने

नेपालखबर
असार १४, २०७७ आइतबार २:५९,

सरकारले आगामी साउनमा कोरोना महामारी उत्कर्षमा पुग्ने र यही बेला मुलुकभर बाढीपहिरो अर्थात् वर्षाजन्य विपद् पनि व्यापक बन्ने आकलन गरेको छ।

गृह मन्त्रालयअन्गर्तको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउनको दोस्रो र तेस्रो साता बाढी, पहिरोलगायत पानीजन्य विपद् एकैपटक खप्टिने अनुमान गरेको हो।

प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७’ मा भनिएको छ- ‘कोभिड–१९ पनि यतिबेलै (साउन दोस्रो र तेस्रो साता) उत्कर्षमा पुग्ने आकलन छ।’

अझ डरलाग्दो कुरा त के छ भने बाढी तथा डुबानको जोखिममा पनि तिनै जिल्ला देखिएका छन्, जहाँ अहिले कोरोना महामारी पनि सबैभन्दा बढी छ।

कोरोना महामारीको सबैभन्दा बढी चपेटामा परेको नेपालको तराई क्षेत्र नै बाढीको पनि सबैभन्दा बढी जोखिममा रहेको सरकारले आकलन गरेको छ। ‘मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७’ मा भनिएको छ– प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा बाढीजन्य जोखिम अत्यधिक हुने आकलन गरिएको छ।’

यस वर्ष मुलुकभर बाढी तथा डुबानका घटना १२ लाख ५० हजार वटा हुने अनुमान सरकारले गरेको छ। यस्तै पहिरो २ लाख ५० हजार तथा पानीजन्य जोखिम १५ लाख गरी यस वर्ष जम्मा वर्षाजन्य विपद् ३० लाखवटा हुने अनुमान सरकारको छ।

विस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहाेस्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .