ad ad

समाज


कार दुर्घटनामा न्युज २४ टेलिभिजनका पत्रकारको मृत्यु

कार दुर्घटनामा न्युज २४ टेलिभिजनका पत्रकारको मृत्यु

नेपालखबर
असार १४, २०७७ आइतबार ३:१७,

रुपन्देहीमा शनिबार राति भएको सवारी दुर्घटनामा परि पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ।

न्युज २४ टेलिभिजनका रुपन्देही संवाददाता ३० वर्षीय पाण्डेको आफैँले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटना हुँदा ज्यान गएको प्रहरीले जनाएको छ।

स्थानीय घर स्याङ्जाको बिर्घा भएका पत्रकार पाण्डे रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ ड्राइभरटोलमा बस्दै आएका थिए। राति आफ्नो घर जाने क्रममा बुटवल भैरहवा सडकखण्डको सडकमा कार दुर्घटनामा परेर उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

प्रहरीका अनुसार राति ११ बजे सडक छेउमा रहेको फलामे बारमा ठोक्किएर कार दुर्घटना भएको हो। राति करीब १२ः४५ बजे बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ।

पत्रकार पाण्डेको शव परीक्षणका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ। पछिल्लो समय पत्रकारितासँगै पाण्डे कलाकारितामा पनि संलग्न थिए। उनले ले पावरन्युजनेपाल अनलाइनसमते सञ्चालन गर्दै आएका थिए।

पाण्डेको केही वर्षअघि ‘भंगेरी चरीले मैदानमा लरी लरर’ नामको तीजगीत चर्चित बनेको थियो। पाण्डेको निधनमा तिलोत्तमा मिडिया क्लबले दुःख व्यक्त गरेको छ।

अध्यक्ष लक्ष्मण पौडेलले आइतबार शोक विज्ञप्ति जारी गरी क्लबका सदस्य पाण्डेको सवारी दुर्घटनामा घाइते भई उपचारका क्रममा भएको असामयिक निधनले क्लबलाई मर्माहत तुल्याएको जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .