सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको छ।
स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो।
सरकारले सो कम्पनीको ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको सो विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए।
‘सो कम्पनीको धरौटी जफत गरी कालोसूचिमा राख्ने प्रक्रिया अधि बढिसक्यो,’ महानिर्देशक श्रेष्ठले नियमित पत्रकार सम्मेलनमा भने, ‘उसले निर्धारित समयमा भनेबमोजिम सामान ल्याउन सकेन।’
उनका अनुसार ओम्नीले १० प्रतिशत मात्रै सामना ल्याएको थियो।
उनले बिहीबार नयाँ प्रक्रिया शुरु हुने बताए। अब जसले पाँच दिनभित्र ल्याउनसक्छ उसलाई दिने श्रेष्ठले बताए।
चीन सरकारले १९ वटा कम्पनीलाई मात्रै अनुमति दिएको छ ।
याे पनि:
तत्काल सामान ल्याउन बजार मूल्यभन्दा २० प्रतिशत बढिमा सम्झौता गर्यौंः महानिर्देशक श्रेष्ठ
प्रतिक्रिया