राजनीति


प्रचण्डलाई प्रधानमन्त्रीको फोन : ‘सर्वदलीय बैठकका लागि बोलाइएको होइन, उहाँ बालुवाटार जानुहुन्न’

प्रचण्डलाई प्रधानमन्त्रीको फोन : ‘सर्वदलीय बैठकका लागि बोलाइएको होइन, उहाँ बालुवाटार जानुहुन्न’

नेपालखबर
बैशाख ४, २०७८ शनिबार १:५८,

लामो समयपछि फोन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न बालुवाटार (प्रधानमन्त्रीको निवास) बोलाएको भए पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन्।

प्रचण्डनिकट स्रोतका अनुसार एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले हिजो (शुक्रबार) फोन गरेर आज (शनिबार) बिहान बालुवाटारमा भेटौं भनेको तर प्रचण्डले आफू बालुवाटार नआउने, सिंहरदबार भए आउने भन्ने जवाफ दिएका हुन्।

‘सर्वदलीयको कुरो जुन बाहिर आएको छ, त्यो होइन। फोनमा कुराकानी भाको हो, बालुवाटार भेटौं भन्या हो, उहाँ (प्रचण्ड) ले बालुवाटार होइन, सिंहदरबार भेट्ने भए भेटौं भन्नुभएको हो,’ शनिबार बिहान स्रोतले नेपालखबरसँग भन्यो।

स्रोतले बताएअनुसार शनिबार बिहान साढे ७ बजेसम्म अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न जाने वा नजाने टुंगो लागिसकेको छैन।

तर उता प्रधानमन्त्री ओलीको सचिवालयले अहिले बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक राख्ने बताइरहेको तथा प्रचण्डलाई सर्वदलीयका लागि नबोलाइएको र उनले बालुवाटार नजाने अडान लिएको भनेको अवस्थामा प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न नजाने निश्चितजस्तै देखिन्छ।

प्रचण्डको प्रस्तावअनुसार छलफल सिंहदरबारमा राख्नेबारे अहिलेसम्म अर्काे फोन पनि नआएको प्रचण्डनिकट स्रोतले बतायो।

हिजो शुक्रबार ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा प्रचण्डले धेरै समयपछि आफूलाई प्रधानमन्त्रीको फोन आएको जानकारी दिएका थिए।

सम्बोधन क्रममा उनले सुनाएका थिए, ‘मलाई थाहा छैन, यो राम्रो हो कि नराम्रो हो, म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई धेरै समयपछि। म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दै छु भनें। उहाँको फोन आएपछि मैले यो उद्घाटन गरेपछि तपाईंले के भन्न खोज्नुभएको हो, यो बाटो (कोन्जोसोम गाउँपालिका जाने बाटो) बनाइदिनुस्, ठूलो काम हुन्छ भन्नेवाला छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad