राजनीति


जनकपुरमा उपेन्द्र यादवले दिए कार्यकर्तालाई प्रशिक्षण

जनकपुरमा उपेन्द्र यादवले दिए कार्यकर्तालाई प्रशिक्षण

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १०:३८, जनकपुरधाम

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेता, कार्यकर्तालाई जनकपुरमा प्रशिक्षण दिएका छन्। 

पार्टी स्कुल तथा प्रशिक्षण विभागको आयोजनामा जनकपुरमा जसपाले तीन दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो। 

कार्यक्रमका मुख्य प्रशिक्षक रहेका अध्यक्ष यादवले नेपालको राजनीतिक शक्तिहरुको तुलनात्मक अध्ययन, जसपा नेपालको नीति, सिद्धान्त तथा नेतृत्व विकासलगायतका विषयमा प्रशिक्षण दिएका पार्टी प्रचार विभागले जानकारी दिएको छ।

साथै देशको वर्तमान राजनीतिक अवस्था, दलहरुको वैचारिक दिशा, शक्ति सन्तुलन, संघीयता, गणतन्त्र तथा समसामयिक राजनीतिक चुनौतिको विषयमा अध्यक्ष यादवले प्रकाश पारेका छन्।

पार्टीले प्रशिक्षकको रुपमा आमन्त्रण गरेका राजनीतिक विश्लेषक जय निशान्तले डिजिटल युगमा एआई तथा सोसल मिडियाको प्रयोग, नेतृत्व विकास तथा नेपालको वर्तमान घटनाक्रम तथा निर्वाचनको कुशल व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिएका छन्।

अर्थशास्त्री उमा शंकर प्रसाद साहले नेपालको अर्थतन्त्रको अवस्था, संघ प्रदेशहरुबीचको विभेदपूर्ण वित्तिय हस्तान्तरणबारे प्रकाश पारे।

समापन समारोहमा पार्टी अध्यक्ष यादवले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।

पार्टी प्रदेश समिति, जिल्ला समिति र राष्ट्रिय समितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधि तथा मनोनित सदस्यहरु प्रशिक्षण कार्यक्रममा सहभागी रहेको जसपाले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad