राजनीति


‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल

‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १०:१४, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिएको बताएका छन्।

पार्टीको एघारौँ महाधिवेशन निजिकइरहेको सन्दर्भमा महासचिव पोखरेलले दलितलाई चुन्ने र चुनिने दुवै अधिकार रहेको स्पष्टीकरण दिएका हुन्। 

‘एमालेमा दलितको भोट चल्दैन भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ। यथार्थ के हो भने महाधिवेशनमा दलित र गैरदलित दुवै सदस्यले एउटै क्लस्टरमा रहेर भोट हाल्नसमेत पाउँछन्। उनीहरूलाई त्यहाँ चुन्‍न र चुनिने दुवै अधिकार सुरक्षित छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर दलित समावेशी क्लस्टरमा जानेहरूले भने दलित प्रतिनिधि चयनका लागि मात्र भोट हाल्दछन्। यो व्यवस्था पार्टीले समावेशी सिद्धान्त लागु गरेदेखिकै हो। भविष्यमा सबैले सबैका लागि भोट हाल्नेगरी दलित समावेशीताको नयाँ व्यवस्था गरौँ भन्ने कुरामा पार्टीको असहमति रहनुपर्ने कुनै कारण छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad