राजनीति


एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले आफ्नै छोरालाई बनाए भूमि आयोगको सदस्य

छोराको नियुक्तिको बिरोध गर्नेलाई कारबाही गर्ने चेतावनी
एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले आफ्नै छोरालाई बनाए भूमि आयोगको सदस्य

एमाले सर्लाहीका अध्यक्ष राजनारायण साह (माला लगाउने) र उनका छोरा रौनित।


नेपालखबर
माघ २५, २०८१ शुक्रबार २०:२६, सर्लाही

नेकपा (एमाले) सर्लाहीका अध्यक्ष राजनारायण साहका छोरा रौनित साह भूमि समस्या समाधान आयोग सर्लाहीको सदस्यमा नियुक्त भएका छन्। 

अध्यक्ष साहको सिफारिसमा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले रौनितसहित दुई जनालाई भूमि आयोग सर्लाहीको सदस्यमा नियुक्त गरेका हुन्। 

मन्त्री अधिकारीले पहिलो चरणमा आज ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गरेका हुन्।

जसमा सर्लाही जिल्लाबाट अध्यक्ष साहका छोरा रौनित र पवित्राकुमारी घिमिरे एमालेको कोटाबाट नियुक्त भएका छन्। 

आयोगको सर्लाही जिल्ला अध्यक्षमा कांग्रेसबाट यसअघि नै मदन बिश्वकर्मा नियुक्त भइसकेका छन्। 

अध्यक्ष साहले आयोगमा आफ्ना छोरालाई नियुक्तिको लागि सिफारिस गरेपछि एमाले सर्लाहीमा भने विवाद देखिएको छ।  

पदको दुरुपयोग गरेर साहले आफ्ना छोरालाई आयोगको जिल्ला सदस्यमा नियुक्तिको लागि सिफारिस गरेदेखि नै एमाले सर्लाहीका नेता कार्यकर्ता रुष्ट छन्। 

अध्यक्ष साहको कार्यशैलीको विरोध गर्ने पार्टीका नेता कार्यकर्तालाई भने साहले उल्टै कारबाहीको तयारी गरेपछि यो विषयले सर्लाहीमा झन् चर्चा पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad