खेल


बुढासुब्बा गोल्डकपमा एनआरटीर चर्च ब्वाइज भिड्ने

बुढासुब्बा गोल्डकपमा एनआरटीर चर्च ब्वाइज भिड्ने

नेपालखबर
माघ २५, २०८१ शुक्रबार २०:३८, विराटनगर

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करणको फाइनलमा साबिक बिजेता एनआरटीले चर्च ब्वाइज युनाइटेड विरुद्ध शनिबार प्रतिस्पर्धा गर्दैछ।

धरान–१६ स्थित धरान रंगशालामा हुने फाइनल प्रतिस्पर्धात्मक हुने दुवै टिमको दाबी छ। फाइनलअघि शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरे। दुवै कप्तान र प्रशिक्षकले एक अर्कामा परिचित भएकाले एकले अर्कोलाई कमजोर नआँक्ने बताए।

पहिलो पटक फाइनल पुगेको चर्च ब्वाईज नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा रहेको कप्तान अनन्त तामाङले बताए। यसअघि १० औं संस्करणको उपाधि जितेको साबिक बिजेता एनआरटी उपाधी संख्या बढाउन आतुर र इतिहास दोहोर्‍याउन सक्षम रहेको कप्तान सरोज तामाङले बताए।

जारी सिजनमा चर्च ब्वाइजले ४ वटा प्रतियोगिताको फाइनल खेलिसकेको छ। झापा कप र फाल्गुनन्द गोल्डकप जितेको चर्च ब्वाइजले इलाम गोल्डकप र सिक्किमको गभर्नस गोल्डकपमा उपबिजेता भएको थियो।

२ वटा फाइनलमा चर्च ब्वाइज र एनआरटीबिच प्रतिष्पर्धा भएको थियो। गत मंसिरमा इलाम गोल्डकपको फाइनल एनआरटीले चर्च ब्वाइजलाई ३–० ले हराएको थियो। तर झापा कपको फाइनलमा चर्च ब्वाइजले एनआरटीलाई ३–१ ले हराएको थियो। त्यसपछी यी दुई टिम शनिवार बुढासुब्बाको फाइनल खेल्न लागेका हुन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad