राजनीति


बालेन सरकारका सय दिन पूर्ण असफल: प्रचण्ड

बालेन सरकारका सय दिन पूर्ण असफल: प्रचण्ड

प्रदीप आचार्य
असार २०, २०८३ शनिबार १४:६, बुटवल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सय दिन उपलब्धिमूलक हुन नसकेको बताएका छन्। 

शनिबार नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका प्रचण्डले सञ्चारकर्मीसँगको कुराकानीमा सरकारका सय दिन पूर्ण रुपमा असफल भएको बताए। ‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो, त्यस अर्थमा यो सरकारका सय दिन पूर्णतः असफल भएको देख्छु म,’ प्रचण्डले भने। 

त्यस्तै, वाम एकताबारे सोधिएको प्रश्नमा संयोजक प्रचण्डले तत्काल एकता नहुने बताए। अहिले वाम सहकार्यका लागि समन्वय भइरहेको उनको भनाइ थियो। 

‘वाम एकताभन्दा पनि कांग्रेस-एमालेलगायत सबैसँग सहकार्यको कुरा हो,’ प्रचण्डले भने, ‘अहिले एकताको कुरा छैन, सहकार्यमा। हामीले त्यसमा समन्वय गरिराखेका छौँ।’

नेकपाको प्रशिक्षणका कार्यक्रम सुरु भएको छ। कार्यक्रममा सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, बलदेव खनालसहितका शीर्ष नेता सहभागी रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad