राजनीति


झापा-५ मा मतगणना तयारी: सिलिङसम्मै तार जाली र सीसीटीभीको निगरानी

झापा-५ मा मतगणना तयारी: सिलिङसम्मै तार जाली र सीसीटीभीको निगरानी

नेपालखबर
फागुन २०, २०८२ बुधबार १२:४६, विराटनगर

प्रतिनिधि सभाको निर्वाचनको मतगणनाका लागि झापा-५ मा आवश्यक सबै भौतिक र प्राविधिक तयारी पूरा भएको छ। 

निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार, मतगणना स्थललाई पूर्ण रूपमा सुरक्षित र व्यवस्थित बनाइएको छ। विगतका कतिपय संवेदनशील अनुभव र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यस पटक विशेष सावधानी अपनाइएको कार्कीले नेपालखबरलाई बताए।

निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थलमा उच्च सुरक्षा सतर्कता अपनाउँदै गणना हुने ठाउँलाई फलामको तार जालीले घेरेको छ। यो घेरा सामान्य उचाइको मात्र नभई सुरक्षाको दृष्टिकोणले भुईँदेखि सिलिङसम्मै पुर्‍याइएको छ। 

मतगणना स्थलका सबै गतिविधि चौबिसै घण्टा निगरानी गर्न सीसीटीभी जडान गरिसकिएको छ। मत गणनामा सहभागी हुने दलका प्रतिनिधि र गणकबीच दूरी कायम हुने र मतपत्रसम्मको प्रतिनिधिको पहुँच नपुग्ने गरी तार जाली लगाइएको छ। निर्वाचनको विश्वसनीयतालाई कायम गर्नका लागि मतगणना स्थललाई सुरक्षित गरिएको कार्यालयले जनाएको छ। 

मतगणनाको प्रक्रिया सुरुमा एउटा ठाउँबाट नै गरिने कार्यालयको तयारी छ। ‘मतगणना पहिलो चरणमा एक ठाउँबाट नै गर्ने तयारी छ, आवश्यकता एवं उपलब्ध स्रोत-साधनका आधारमा गणना गर्ने ठाउँहरू थप्दै लैजान सकिन्छ,’ उनले भने। 

निर्वाचन अधिकृत कार्कीले मतगणनाका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन भइसकेको र कर्मचारीको टोली पनि तयारी अवस्थामा रहेको जानकारी दिए।

प्रत्येक मतगणना टोलीमा चार जना कर्मचारी रहने गरी जनशक्ति परिचालन गरिएको छ। ती टोलीलाई निर्वाचन निर्देशिकाको मापदण्ड र प्रक्रियाभित्र रहेर निष्पक्ष ढङ्गले कार्यसम्पादन गर्ने उनको भनाई छ। 

बिहीबारमा मतगणना स्थलमा आवश्यक अन्य सानातिना व्यवस्थापकीय कार्यहरू पनि सकिने र गणनाका लागि टोली पूर्ण रूपमा परिचालन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मत गणनाको लागि ४ जना  कर्मचारीको टोली खटिने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad