प्रतिनिधि सभाको निर्वाचनलाई लिएर केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा बैठक जारी छ। बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तयारी र सुरक्षा सतर्कताकाबारे छलफल भइरहेको छ।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालयका उच्च अधिकारी सहभागी छन्।
सुरक्षा समितिको बैठकमा देशको समसामयिक अवस्था, निर्वाचन तयारी, शान्ति सुरक्षा लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।
6
Shares

प्रतिक्रिया