प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले छुट्टै घोषणापत्र ल्याएका छन्।
शनिबार घोषणापत्र सार्वजनिक गरेका कार्कीले आफ्नो क्षेत्रमा गर्न सकिने कामका लागि छुट्टै घोषणापत्र ल्याएको बताए। उनी मोरङ–३ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका छन्।
कार्कीले ल्याएको चार बुँदे घोषणापत्रमा संसदीय भूमिकालाई प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। सुकुम्बासी, अव्यवस्थित बसोबासी र भोगचलन गर्नेको हक सुरक्षित गर्ने गरी जग्गामाथिको दोहोरो स्वामित्व अन्त्य गर्न भूमिसम्बन्धीऐनलाई व्यवहारिक बनाउन भूमिका खेल्ने जनाएका छन्।
त्यस्तै, सरकारी विद्यालय, कलेज तथा विश्वविद्यालयको गुणस्तर सुधार, शिक्षकलाई समयसापेक्ष तालिम र वृत्तिविकासका लागि शिक्षा ऐन निर्माण गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
उनले सरकारको निगरानी, क्षेत्रगत प्रतिनिधित्व र जवाफदेही सांसदको अभ्यास गर्ने प्रतिबद्धता जनाएका छन्। मोरङ-३ मा स्थानीय समस्या सुकुम्बासी, अव्यवस्थित बसोबास, सरकारी विद्यालय र विश्वविद्यालयको अवस्था, सरकारी स्वास्थ्य चौधी र असप्तालको अवस्था, नदी कटान, तटबन्धन र सिंचाईका समस्या, वन्यजन्तु र मावन द्वन्द्व, सिमसार वनपैदावारको प्रयोगविहीनता, सडक र विकास, अधकल्चो पारिएका विकास संरचना लगायतका स्थानीय आवश्यकता र नागरिकका आवाजलाई संघीय संसद्मा प्रभावकारी रुपमा उठाउने प्रतिबद्धता जनाएका छन्।
Shares

प्रतिक्रिया