समाज


धनकुटामा हायस दुर्घटना, ७ यात्रु घाइते

धनकुटामा हायस दुर्घटना, ७ यात्रु घाइते

नेपालखबर
फागुन ९, २०८२ शनिबार २०:२१, विराटनगर

कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका-१, निगालेमा शनिबार साँझ हायस दुर्घटना भएको छ। 

काठमाडौँबाट हिलेतर्फ जाँदै गरेको ग २ ख १९५७ नम्बरको हायस अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खस्दा ७ यात्रु घाइते भएका छन्। घाइते हुनेहरूमा धनकुटा नगरपालिका-१ का ३६ वर्षीय रामचन्द्र तामाङ, १८ वर्षीय अभिषेक मगर र धनकुटा नगरपालिका-१ हिलेका ३५ वर्षीय युमेश विक रहेको प्रहरीले जनाएको छ। हिलेकै ३५ वर्षीय कल्पना विक र उनकी छोरी १३ वर्षीया निष्मा विक पनि दुर्घटनामा घाइते भएका छन्। 

दुर्घटनामा पाख्रीबास नगरपालिका-६ का ३९ वर्षीय डिकबहादुर मगर र पाख्रीबास नगरपालिका-२ का ४० वर्षीय झमकबहादुर आले घाइते भएका छन्। घाइतेमध्ये रामचन्द्र तामाङलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर गरिएको छ। अन्य सबै घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

दुर्घटना लगत्तै प्रहरी टोली घटनास्थलमा खटिएर उद्धार कार्य गरेको थियो। हायस चालक काठमाडौँ महानगरपालिका-९ एकान्तकुना बस्ने ३९ वर्षीय विजय कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad