राजनीति


कोशी प्रदेशमा आयोजना बैङ्कमा योजना जम्मा गरिँदै

कोशी प्रदेशमा आयोजना बैङ्कमा योजना जम्मा गरिँदै

नेपालखबर
चैत ९, २०८१ शनिबार २०:१, कटारी

कोशी प्रदेश आयोजना बैङ्कमा योजना जम्मा गर्न सुरु गरिएको छ। प्रदेश योजना आयोगको संयोजन र प्रदेशका विषयगत मन्त्रालयको सहकार्यमा आयोजना बैङ्कमा जम्मा गर्न सुरु गरिएको हो। 

आज यहाँ उदयपुरको सङ्घीय निर्वाचन क्षेत्र नं २ मा पर्ने स्थानीय तहका पदाधिकारी, सरोकार भएकाहरूलाई आयोजना बैङ्कबारे अभिमुखीकरण तथा वार्षिक योजना तर्जुमा गोष्ठीमा यस्तो जानकारी दिइएको हो।  

आयोगका सदस्य किशोर थुलुङ्ग राईले पहिलो पटक आयोजना बैङ्कमार्फत आयोजना सङ्कलन सुरु गरिएको बताए। 'बैङ्कमा जम्मा भएका योजनाको आवश्यकता र औचित्य हेरेर प्राथमिकीकरण गर्दै कार्यान्वयन गरिनेछ। त्यसैका लागि आयोजना बैङ्क बनाइएको हो', उनले भने। 

यहाँको निर्वाचन क्षेत्र नं १ मा यसअघि नै आयोजना जम्मा गरिसकिएको छ। हाल प्रदेशका अन्य क्षेत्रमा पनि धमाधम आयोजना सङ्कलन भइरहेका आयोगका उपसचिव कृष्णकुमार न्यौपानेले जानकारी दिए। हाल  जम्मा गरिएका योजना आगामी आर्थिक वर्ष २०८२/८३ देखि २०८६ सम्ममा प्राथमिकताका आधारमा कार्यन्वयनमा लगिने बताए।

न्यौपानेका अनुसार आयोजना बैङ्कमा जम्मा हुने योजना प्रदेशले सञ्चालन गर्ने र त्यस्ता आयोजना रु पचास लाखमाथिका हुनुपर्नेछ। आगामी आर्थिक वर्षमा यस बैङ्कमा भएका आयोजनालाई मात्रै प्राथमिकीकरणमा राखेर योजना सञ्चालन हुनेछन्। 

कार्यक्रममा प्रदेशका पूर्वकृषि, सहकारी तथा उद्योगमन्त्री रामकुमार खत्रीले अल्पसङ्ख्यक र विगतमा पछि पारिएका समुदायलाई ध्यानमा राखेर आयोजना छनोट गरिनुपर्ने बताए। तीनै तहको सहकार्य र समन्वयमा आयोजना सञ्चालन गर्न सके मुलुकको विकासमा योगदान हुने उनको भनाइ थियो। प्रदेशका पूर्वपर्यटन, वन तथा वातावरणमन्त्री नारायण बुर्जा मगरले योजना लिपिवद्ध गर्दै कार्यन्वयनमा लैजानु महत्वपूर्ण काम भएको बताए। 

कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय तहका पदाधिकारी र सरोकार भएकाहरूको सामूहिक छलफलबाट एक हजारभन्दा बढी आयोजना जम्मा गरिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad