राजनीति


‘संसद् बैठक १२ बजे डाकेर २ बजेसम्म सुरु गरिएन, गफ लगाएर बस्नु पर्‍यो’

‘संसद् बैठक १२ बजे डाकेर २ बजेसम्म सुरु गरिएन, गफ लगाएर बस्नु पर्‍यो’

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १७:४२, काठमाडौँ

कोसी प्रदेशसभाका सदस्य गणेश उप्रेतीले प्रदेशसभा ढिलो सञ्चालन गरेर प्रदेश सांसदलाई २ घन्टासम्म बेरोजगार बनाएको आरोप लगाएका छन्। मङ्गलबारको कोसी प्रदेशसभाको शून्य समयमा बोल्दै उप्रेतीले सांसद आएर २ घन्टासम्म गफ लगाएर बस्नु परेको बताए। 

१२ बजे डाकिएको प्रदेशसभा बैठक दुई बजेसम्म पनि सुरु नभएपछि उनले आपत्ति जनाएका हुन्।  

उनले भने, ‘कुनै मन्त्रीलाई पर्खिनु पर्ने भयो, कुनै सत्तारुढ दलका सांसदलाई पर्खिनु पर्ने भयो, अनि हामी सारा सांसदहरू कामै नपाएर बेरोजगार भएर यहाँनेर गफ गर्नको लागि, यहाँ चिया खानको लागि त आएको हैन नि।’ 

उप्रेतीले समयको अनुशासनलाई कायम राख्न आग्रह गरे। ‘हामीले समाजलाई अनुशासन र मर्यादा सिकाउने अनि हामी आफैँ अनुशासनहीनता र मर्यादा विपरीत गई रहेका छौँ यस विषयमा मेरो  गम्भीर आपत्ति छ’ उनले भने।  समयमै संसद् चल्नु पर्नेमा नचलाइ कुनै राजा महाराजालाई पर्खिएर बस्नु परेको भन्दै उनले आक्रोश व्यक्त गरे। 

समयमा नै सदन चल्नु पर्ने विषयमा चर्को  आवाज उठाएका उप्रेतीले संसदीय समितिका बैठकहरू सदन नचलेको बेला राख्नसमेत आग्रह गरे।  

‘तारे होटलमा समितिका बैठकहरू राख्ने अनि बाँकी सांसदहरूलाई उभ्याएर बेरोजगार बनाएर राख्नु भएन,' उप्रेती भन्छन्, 'कोसी प्रदेशसभाले गलत परम्परा बसाउन खोजेको छ, यसलाई अन्त्य गरेर लैजानुपर्दछ।’ 

संसद् सञ्चालन ढिला हुँदा सबै सांसदलाई कारणसहित म्यासेज पठाएर जानकारी दिने व्यवस्था गर्न पनि उनको माग छ।  

उनले प्रदेश सांसद र सरकारप्रति मानिसको वितृष्णा पैदा भइरहेको अवस्थामा सांसदहरू भत्ता पकाउनको लागि कसैलाई दुई-दुई घन्टा पर्खिनुपर्ने विधि गलत भएको भन्दै गम्भीरता पूर्वक सच्याउन माग गरे। 

मङ्गलबार राष्ट्रियसभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले विराटनगरको रत्ना होटलमा कार्यक्रमको आयोजना गरेको थियो। 

राष्ट्रिय सदाचार नीति, दिगो विकास लक्ष्य र सङ्कल्प प्रस्ताव सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा  कोसी प्रदेश सभाको तीन वटा विषयगत समितिहरूलाई बोलाइएको थियो। 

सुशासन तथा योजना समिति, अर्थ समिति र सामाजिक विकास समितिका सभापति सहितका प्रदेश सभा सदस्यलाई छलफलमा सहभागी भएका थिए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad