समाज


कलंकीबाट ब्राउन सुगर तथा गाँजासहित ६ जना पक्राउ

कलंकीबाट ब्राउन सुगर तथा गाँजासहित ६ जना पक्राउ

सांकेतिक फोटो


नेपालखबर
फागुन २०, २०८१ मंगलबार १७:४५, काठमाडौँ

सशस्त्र प्रहरीले करीब ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौँ महानगरपालिका–१४  कलंकीस्थित  पेट्रोल पम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिईएकाहरूमा धादिङ्ग जिल्लाको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय, सोही जिल्लाको निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय,  नुवाकोट जिल्लाको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय गरी ४ पुरुष रहेका छन्।

एपीएफ इन्टेलीजेन्स व्युरोको विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले उनीहरुले ब्राउन सुगर बेचविखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

साथै उनीहरुले प्रयोग गरेको प्रदेश ०२५ प ८४५९ मोटरसाइकल र बा १५ च १७७३ नम्बरको होण्डाको क्रेटा गाडी समेत नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad