राजनीति


रास्वपा कर्णालीको पहिलो अधिवेशन आजदेखि, महामन्त्री भुपदेव शाहले उद्घाटन गर्ने

रास्वपा कर्णालीको पहिलो अधिवेशन आजदेखि, महामन्त्री भुपदेव शाहले उद्घाटन गर्ने

नेपालखबर
जेठ ३१, २०८३ आइतबार ११:४८, सुर्खेत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णालीको प्रथम अधिवेशन आज (आइतबार)देखि सुरु हँदै छ। 

प्रदेश राजधानी वीरेन्द्रनगरस्थित शुभ होटलमा केहीबेरपछि सुरु हुने अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री भूपदेव शाहले गर्ने कार्यतालिका छ। भूपदेव प्रधानमन्त्री बालेन्द्र शाह निकट नेता हुन्। 

उद्घाटन सभामा रास्वपा सहमहामन्त्री विपिन आचार्यको पनि सहभागिता रहने छ। 

रास्वपा कर्णाली प्रदेशका महामन्त्री ललितकुमार चन्दले अधिवेशनका लागि सबै तयारी पुरा भएको जानकारी दिए। 

उनका अनुसार कर्णाली प्रदेशभरबाट करिब ५३० जना प्रतिनिधि अधिवेशनका लागि छनोट भएर वीरेन्द्रनगर पुगेका छन। 

प्रदेश नेतृत्वको लागि पाँच जनाले आकाङ्क्षा राखेका छन्।

वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा र नन्दकिशोर बस्नेत (एनके) र मानबहादुर शाहीको नाम सभापतिको आकाङ्क्षीको रूपमा चर्चामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad