प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि कालिकोटबा नेकपा (एमाले)का नगिन्द्र शाही (नेसनल) उम्मेदवार सिफारिस भएका छन्।
एमाले केन्द्रीय सदस्य एवं कालिकोट जिल्ला इन्चार्ज शाहीको नाम एकल सिफारिसमा परेको हो। बुधबार बसेको एमाले जिल्ला कमिटीको बैठकले उनलाई उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
यसअघि काठमाडौँमा बसेको कालिकोटका एमाले नेताहरूको बैठकले तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा शाहीसँगै एमाले कर्णाली प्रदेश कमिटी सदस्य सीता शाही र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य वकिल बम थिए।
त्यसमा विरोध भएप्छि बुधबार जिल्ला कमिटीको बैठक बोलाइएको थियो। बैठकले शाहीको नाम मात्रै सिफारिस गर्ने निर्णय गरेको हो। उनी २०७९ सालको निर्वाचन कालिकोटबाटै पराजित भएका थिए।
त्यस्तै कालिकोटबाट नेकपाले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम एकल सिफारिस गरिसकेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सिफारिस गरेको छ।
Shares

प्रतिक्रिया