ग्लोबल


महाराष्ट्रमा भारतीय कंग्रेसका प्रदेश उपाध्यक्ष पटेलको हत्या

महाराष्ट्रमा भारतीय कंग्रेसका प्रदेश उपाध्यक्ष पटेलको हत्या

नेपालखबर
पुस २३, २०८२ बुधबार १४:४३, काठमाडौँ

भारतको महाराष्ट्रमा भारतीय कंग्रेसका प्रदेश उपाध्यक्ष हिदायतुल्लाह पटेलको हत्या भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार उनलाई अकोला जिल्लाको मोहला मस्जिदमा छुरा प्रहार गरिएको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको हो।

प्रहरीले आर‍ोपितलाई पक्राउ गरेको छ। घटना पुरानो दुस्मनीका कारण भएको अनुमान गरिएको छ। 

प्रहरीका अनुसार मंगलबार मोहला गाउँको एक मस्जिदमा पटेल दिउँसोको नमाज पढिरहेका थिए।

मंगलबार दिउँसो १:३० बजेतिर मस्जिदबाट निस्कने क्रममा उनको घाँटी र छातीमा धारिलो हतियारले हानिएको थियो।

घाइते पटेललाई स्थानीयले अकोलाको एक निजी अस्पताल लगेका थिए। जहाँ आईसीयूमा उपचाररत उनको बुधबार बिहान मृत्यु भयो।

सामाजिक सञ्जालमा रगतले लतपतिएका पटेल मस्जिदबाट निस्किरहेको भिडिओ भाइरल भएको थियो। 

प्रहरीले हत्या आरोपमा उबेद खान कालु खान उर्फ ​​राजिक खाम पटेल (२२) लाई पक्राउ गरेको छ।

मंगलबार राति ८ बजेतिर अकोट तालुकको पंज गाउँबाट उनलाई पक्राउ गरिएको हो।

भारतीय कंग्रेसका पार्षद सुवर्णा कल्लाकुन्तलाले घटनाबारे उजुरी दिएकी थिइन्। 

प्रहरीले पटेललाई आक्रमण पुरानो दुस्मनीका कारण भएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad