ad ad

राजनीति


राप्रपाले फिर्ता लियो कर्णाली सरकारलाई दिएको समर्थन

राप्रपाले फिर्ता लियो कर्णाली सरकारलाई दिएको समर्थन

दिनेश बुढा
फागुन १८, २०७९ बिहिबार १३:८, सुर्खेत

केन्द्रमा भएको सत्ता समीकरण फेरबदलसँगै कर्णाली प्रदेशमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

राप्रपाले नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। 

बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिइन्। 

प्रदेशसभा सदस्य सन्तोषीले प्रदेश प्रमुख तिलक परियारसामु प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .