राजनीति


माओवादीले मंगलबार कर्णाली संसदीय दलको नेता चयन गर्दै, चर्चामा दुई नाम

माओवादीले मंगलबार कर्णाली संसदीय दलको नेता चयन गर्दै, चर्चामा दुई नाम

नेपालखबर
पुस ११, २०७९ सोमबार ११:३८, सुर्खेत

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलको नेता मंगलबार चयन गर्ने भएको छ। सोमबार संसदीय दलको बैठक बसेर संसदीय दलको नेता मंगलबार चयन गर्ने माओवादीले जनाएको छ। 

सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (ख) बाट निर्वाचित सांसद  तथा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी उपाध्यक्ष कृष्णबहादुर जीसीले संसदीय दलको नेता चयनका लागि आज बैठक बस्ने जानकारी दिए। 

जीसीका अनुसार बैठक कति बेला बस्ने भन्ने तय भएको छैन। तर, आजै बैठक बसेर भोलिसम्ममा माओवादी केन्द्र कर्णाली प्रदेशको संसदीय दलको नेता चयन गरिने उनले बताए। 

संसदीय दलको नेताका लागि नेकपा माओवादी केन्द्रबाट दुई जनाको नाम चर्चामा छ। जसमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेशसभा २ बाट निर्वाचित सांसद विन्दमान विष्ट र रुकुम पश्चिम प्रदेशसभा २ बाट निर्वाचित सांसद राजकुमार शर्मा। 

माओवादीले संसदीय दलको नेताका चुनाव नगरि सर्वसम्मत नेता चयनका लागि प्रयास थालेको छ।

यस्तै, कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुनुपर्ने, त्यसैअनुसारको छलफलमा लाग्ने माओवादी कर्णाली प्रदेशले जनाएको छ। 

जीसीले कर्णालीमा माओवादीकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने बताए।

जिसीले भने, ‘हालसम्म सरकार निर्माणका लागि कुनै छलफल भएको छैन। नेकपा माओावदी केन्द्र पार्टी कर्णाली प्रदेश कमिटीको बैठक बसेपछि छलफल हुन्छ। तर, पनि माओवादीकै नेतृत्वमा सरकार गठनका लागि पहल हुनेछ।’ 

यस्तै, सरकार गठनका लागि थप पार्टीको बैठक बसेर निर्णय गर्ने उनले बताए। उनले भने, ‘पार्टीको बैठक बस्छ। पार्टीले निर्णय गरेपछि संसदीय दललाई निर्देशन गर्छ।’ 

नेपाली कांग्रेसले संसदीय दलको नेतामा जीवनबहादुर शाहीलाई चयन गरिसकेको छ भने नेकपा एमालेले संसदीय दलको नेताका लागि कुनै सुरसार गरेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad