ad ad

राजनीति


पाकिस्तानमा प्रधानमन्त्रीका लागि गठबन्धनको उम्मेदवार नवाज होइन, शहबाज

पाकिस्तानमा प्रधानमन्त्रीका लागि गठबन्धनको उम्मेदवार नवाज होइन, शहबाज

नेपालखबर
फागुन २, २०८० बुधबार १०:२९, काठमाडौँ

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का प्रमुख नवाज शरिफले आफ्ना भाइ तथा पूर्वप्रधानमन्त्री मोहम्मद शहबाज शरीफलाई देशको नयाँ प्रधानमन्त्री र उनकी छोरी मरियम नवाज शरिफलाई पन्जाब प्रान्तको मुख्यमन्त्री पदका लागि मनोनयन गरेका छन्।

पीएमएल–एनका तर्फबाट पार्टीका सूचना इन्चार्ज मरियम औरंगजेबले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएकी हुन्।

शाहबाज शरिफ सन् २०२२ देखि २३ सम्म पाकिस्तानको प्रधानमन्त्री थिए।

पाकिस्तानमा कुनै पनि दलले बहुमत ल्याउन सकेका छैनन्।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले मंगलबार नवाज शरिफको पार्टीलाई सरकार गठनका लागि बाह्य समर्थन उपलब्ध गराउने बताएको छ।

मरियम औरङ्गजेबले मंगलबार अबेर राति ट्विट गर्दै भनेकी छन्, ‘पीएमएल–एन प्रमुख नवाज शरिफले पार्टी अध्यक्ष शहबाज शरिफलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका छन्। उनले मरियम नवाजलाई पञ्जाब प्रान्तको मुख्यमन्त्री पदका लागि मनोनयन गरेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .