समाज


जिप दुर्घटनामा १० जनाको मृत्यु : शोकमा आज तिनाउ गाउँपालिकामा बिदा

जिप दुर्घटनामा १० जनाको मृत्यु : शोकमा आज तिनाउ गाउँपालिकामा बिदा

नेपालखबर
फागुन २, २०८० बुधबार १०:२९, काठमाडौँ

जिप दुर्घटनामा १० जनाको मृत्यु भएको शोकमा पाल्पाको तिनाउ गाउँपालिकाले आज पालिकाभर शोक बिदा दिएको छ। 

गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण  शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयमा बुधबार शोक बिदा दिने निर्णय गरेको हो। 

तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो।  

मृत्यु भएकामध्ये पाँचजना तिनाउँका भएका प्रहरीले जनाएको छ। पाँच जना मृतकका परिवारलाई तिनाउ गाउँपालिकाले जनही ३५ हजार रुपैयाँका दरले राहत दिने निर्णयसमेत गरेको छ।

दुर्घटनामा आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो। 

ओभर लोडको काराण जिप आफैँ अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।

दुर्घटनामा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ–६ का ३९ वर्षीय रामबहादुर अस्लामी, सोही स्थानका  ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, रुपन्देही बुटवल उपमहानगरपालिका–१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही स्थानका ६० वर्षीय चुना रणपालको मृत्यु भएको छ।  

त्यसैगरी तिनाउँ–२ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका– १ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही देवदह नगरपालिका–५ का २९ वर्षीया दिलमाया जिसीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। 

दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।  जिप चालक तानसेन नगरपालिका–१० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .