ad ad

राजनीति


बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

नेपालखबर
माघ १४, २०८० आइतबार १३:१०, काठमाडौँ

भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनले आज (आइतबार) बिहान राज्यपाल राजेन्द्र अर्लेकरसँग भेटेर मुख्यमन्त्री पदको राजीना बुझाएका हुन्। 

त्यसपछि उनले सञ्चारमाध्यमसँग भने, ‘आज मैले पदबाट राजीनामा दिएको छु। हामीले पार्टीका जनताको कुरा सुनेर सरकार अन्त्य गर्ने प्रस्ताव राख्यौँ। आज गठबन्धनबाट अलग भयौँ।’

उनले डेढ वर्ष पुरानो गठबन्धन छाडेको उल्लेख गर्दै नितिशकुमारले थपे, ‘नयाँ गठबन्धन र भावी सरकारबारे एनडीए बैठकबाट निर्णय हुनेछ।’

यसअघि बिहारमा जारी राजनीतिक उतारचढावका बीच बिहारको राजधानी पटनामा जनता दल (संयुक्त) को बैठक बसेको थियो।

बैठक नितिश कुमारको मुख्यमन्त्री निवासमा भएको थियो। जसमा विधायक, व्यवस्थापिका सदस्य र सांसद सहभागी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .