ad ad

राजनीति


प्रदेशसभातर्फ यस्तो छ थ्रेस होल्ड कटाउने दलको संख्या

प्रदेशसभातर्फ यस्तो छ थ्रेस होल्ड कटाउने दलको संख्या

फाइल तस्बिर


नेपालखबर
मंसिर २८, २०७९ बुधबार १४:१०, काठमाडौँ

निर्वाचन आयोगले सातवटै प्रदेशमा थ्रेस होल्ड कटाउने दलहरुको संख्या सार्वजनिक गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभाको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेका हुन्। 

उनका अनुसार प्रदेशसभा निर्वाचनतर्फ प्रदेश १ मा ६ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन्।

यसैगरी मधेश प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिम प्रदेशमा ६ दलले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेको प्रमुख आयुक्त थपलियाले जानकारी दिए।

प्रदेश सभामा खसेको मतको सदर मतमा १ दशमलश ५० प्रतिशत मत पाउने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था थियो।

यस्तै संघीय संसद प्रतिनिधि सभा तर्फभने ७ दलले मात्र थ्रेस होल्ड हटाएर राष्ट्रिय दलको मान्यता पाएका छन्। 

आयोगले सबै प्रदेशमा पुस २ गते एकैपटक निर्वाचनको अन्तिम परिणाम बुझाउने प्रमुख आयुक्त थपलियाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .