राजनीति


यसरी भइरहेको छ दोलखामा बिहानैदेखि मतदान (तस्बिरहरू)

यसरी भइरहेको छ दोलखामा बिहानैदेखि मतदान (तस्बिरहरू)

नेपालखबर
मंसिर १५ , काठमाडौँ

दोलखाका १० वटा मतदान केन्द्रमा बिहीबार (१५ मंसिर) बिहान ७ बजेबाट पुनः मतदान सुरु भएको छ। गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बुथ कब्जा भएको निष्कर्ष निर्वाचन आयोगले निकालेसँगै आज मतदान भइरहेको हो। 

दोलखाका १० वटै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। दोलखाका वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा आज मतदान भइरहेको हो। 

दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउने निर्णय गरेको थियो।

 

नेकपा एमालेले सत्तारुढ दलबाट बुथ कब्जा भएको उजुरी दिएपछि खटिएको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि आयोगले पुनः मतदान गराउने निर्णय लिएको थियो।

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली खटाएर छानबिन गरेको थियो।

यी हुन पुनः निर्वाचन भइरहेका बुथः
१) बैत्यश्वरको वडा नं. ६ (क,ख,ग)
२) वैत्यश्वरको ३ कालीढुङ्गा (क,ख,ग)
३) बैत्यश्वर २ को जनज्योति (क,ख)
४) तामाकोसीको हेल्थपोस्ट (क,ख)

मंसिर १५, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.