ad ad

राजनीति


दोलखाका १० वटै केन्द्रमा मतदान सुरु

दोलखाका १० वटै केन्द्रमा मतदान सुरु

फाइल।


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार ७:३७, काठमाडौँ

दोलखामा रद्द भएका १० वटा मतदान केन्द्रहरूमा मतदान सुरु भएको छ। 

गत १२ मंसिरमा बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले आज पुनः मतदान गराउने निर्णय गरेको थियो। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार अहिले मतदान कार्य सुरु भएको छ। 

दोलखाका वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो।

‘केही डकुमेन्टेशनका कामहरु सकेर मतदान कार्य सुरु भएको छ,’ श्रेष्ठले नेपालखबरसँग भने,‘सबै मतदान केन्द्रमा विस्तारै मतदाताहरु आउने क्रम सुरु भएको छ।’

दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउने निर्णय गरेको थियो। 

नेकपा एमालेले सत्तारुढ दलबाट बुथ कब्जा भएको उजुरी दिएपछि खटिएको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि आयोगले पुनः मतदान गराउने निर्णय लिएको थियो।

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली खटाएर छानबिन गरेको थियो।

यही हुन पुनः निर्वाचन हुने बुथः 

१) बैत्यश्वरको वडा नं. ६ (क,ख,ग)

२) वैत्यश्वरको ३ कालीढुङ्गा (क,ख,ग)

३) बैत्यश्वर २ को जनज्योति (क,ख)

४) तामाकोसीको हेल्थपोस्ट (क,ख)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .