कचहरि नाटक ‘अभित्सा’ प्रदर्शन भएको छ। ओरेक नेपालको सहकार्यमा दृश्य सादृश्यले महिलाविरूद्ध हुने हिंसालाई कचहरी नाटक ‘अभित्सा’मार्फत प्रदर्शन गरेको हो।
कक्षा ७ मा पढ्ने जेहेन्दार तथा मिहिनेती विद्यार्थी हुन्छिन्। उनीप्रति उनको स्कुलले पनि ठूलो आशा/भरोसा गरेको हुन्छ। उनको घरबाट स्कुल टाढा हुन्छ। उनलाई स्कुल जाँदा र घर फर्कंदा बाटोमा जिस्क्याउन तथा प्रेमपत्र दिन केटाहरू हानथाप गर्छन् । त्यसैबेला उनलाई गाउँकी एउटी महिलाले देखेकी हुन्छे।
ती महिलाले अभित्साको आमा-बुबालाई उक्त कुरा सुनाइदिन्छिन् र अभित्साको विवाहको कुरा घरमा चल्न थाल्छ। अन्ततः उनको पढाइ बीचमै छुट्छ र उनको सानो उमेरमै विवाह हुन्छ। उनलाई श्रीमान्ले पढाइदिने समेत आश देखाएको हुन्छ तर, उनलाई श्रीमान्ले विदेश लगेर बेचिदिन्छ र उनले विदेशमा निकै दुःख पाउछे। उनीविरुद्ध परपुरूषहरूले यौन शौषण गर्छन्।
केही दिनपछि अभित्साको बुबाआमाले छोरीको हालखबर बुझ्न सामाजिक सञ्जालमा सम्पर्क गरेका हुन्छन्। त्यहीँ कलमार्फत अभित्सा आफूसामु नरहेको अभित्साको पतिले बताउँछन र उनका बुबाआमा भावविह्वल हुन्छन्।
एकदिन उसले आफ्नो मनका सबै कुरा सामाजिक सञ्जालमा राख्छिन्। उनका कुरा सबैतिर चर्चामा र भाइरल हुन्छ। त्यो भिडिओ उनको दाइले देख्छ र आफ्नो परिवारलाई बताउँछ। उनले विभिन्न संस्थाको सहयोगमा अभित्साको उद्धार गर्छ।
त्यसपछि समाजसँग उनले कसरी संघर्ष गर्छिन् भन्ने कुरा नाटकमा देखाइएको छ।
उक्त नाटक शालिकराम भण्डारीले लेखेका हुन्। नाटकलाई सरस्वती अधिकारीले निर्देशन गरेकी हुन्।
नाटकमा सुवास सुवेदी, सुशीलसिंह ठकुरी, सगुन पोख्रेल, शान्ति भट्टराई, सरस्वती अधिकारी, अस्मिता ढकाल, कुलदीप अधिकारी, राजकुमार धामी , उन्नत भट्टराई लगायतका कलाकारको भूमिका छ। नाटक लगभग ४० मिनेटदेखि ४५ मिनेटको छ। नाटकलाई बूढानीलकण्ठ नगरपालिकाका विभिन्न ठाउँमा देखाइएको हो।
प्रतिक्रिया